काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।
यस्तै, लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भू-भागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू-भाग लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति भने देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ, पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।















प्रतिक्रिया