२१ कार्तिक २०८३, शनिबार

‘प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २० कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताउनुभएको छ ।

महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले आज यहाँ आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्डमा मुस्लिम समुदायका हरेक समस्या समेटिने बताउनुभयो ।

उहाँले मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्यक रहेकाले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अङ्ग्रेजीजस्ता विषयलाई समावेश गरी त्यहाँबाट वैज्ञानिक, इञ्जिनियर, डाक्टर बन्न सक्नेजस्ता शिक्षा दिनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि निःसहाय, गरीब, विपन्न र दलित समुदायको शैक्षिकस्तरमा सुधार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सरोज कुमार कुशवाहा लगायतका नेता तथा कार्यकर्ता सहभागिता थियो । –रासस