काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागका साथै बाँकी हिमाली भू–भागमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ ।












प्रतिक्रिया