काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजले पोखरा एभेन्जर्समाथि ३० रनको जित निकालेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पूरा गर्न नसक्दा पोखरा पराजित भएको हो।
जवाफी ब्याटिङमा उत्रिएको पोखरा १९ ओभरमै १२१ रनमा समेटियो। पोखराका सबै विकेट झरेपछि चितवनले सहज जित हात पारेको हो।
यो नतिजासँगै चितवन पाँच अंकसहित अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। चार खेल खेलेको चितवनले दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। वर्षाका कारण एक खेल भने रद्द भएको थियो।












प्रतिक्रिया