काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंक लिमिटेडको २८ औं वार्षिक साधारणसभामार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएलगत्तै बसेको बैंक सञ्चालक समितिको ५६७ औं बैंठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।












प्रतिक्रिया