२१ कार्तिक २०८३, शनिबार

बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग, अमेरिकाबाट येन्सर्ज गुरुङले दिइन् एक लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शेर्पा फाउन्डेसनले ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

फाउन्डेसनले उक्त रकम शुक्रबार गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरेको हो ।

त्यस्तै, अमेरिकामा बसोबास गर्दै आएकी गुरुङ फिल्मकी अभिनेत्री येन्सर्ज गुरुङले पनि बाढीपीडितको सहयोगका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

गुरुङ समुदायको कला, संस्कृति र पहिचानसँग जोडिएकी अभिनेत्री येन्सर्जले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गरेर मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रस्तुत गरेकी छन् ।

विपद्का बेला स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र व्यक्तिहरूबाट प्राप्त सहयोगले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।