
इटहरी, २० कात्तिक । योङ कम्युनिस्ट लिग (वाइसीएल)का केन्द्रीय सदस्य इश्वरी आचार्यले आफु जग्गा जमिनका कुनै पनि काममा संलग्न नभएको जिकीर गरेका छन् ।
सुनसरीको दुहवी–८ सोनापुरमा रहेको राधाकृष्ण मन्दीरको १४ कट्ठा १ धुर जग्गा अवैधानिक हिसाबले बिक्रि गर्नका लागि उनको पनि संलग्नता रहेको बताइएको थियो ।
दैनिक नेपालमा प्रकाशित समाचारमा आफ्नो नाम आएपछि उनले एक पत्र लेख्दै भनेका छन्,‘केही मान्छेसँग सामान्य उठबस भएको भरमा मेरो नाम र पूर्वमाओवादी हेडक्वार्टरसँग जोडेर गरिएको सूचना प्रवाहले मलाई दुखी बनाएको छ, म सामान्य गरी खाने मान्छे हुँ ।’
मन्दीर जस्तो पवित्र स्थानको जग्गा किनबेचमा कसैले तथ्यप्रमाणसहित आफ्नो संलग्नता पुष्टी गरे सजाय भोग्न तयार रहेको बताएका उनले लेखेका छन्,‘यो मलाई बदनाम गराउने षडयन्त्र हो ।’
मन्दीरको जग्गा बिक्रिमा मालपोत कार्यालय सुनसरीमा मालपोत रकम कम दाखिला गराएको, अरिहन्त ग्रुप प्रालिका उपाध्यक्ष गोबिन्द बजगाँईको दबाबमा अवैधानिक हिसाबले प्लटिङ गरी जग्गा बेच्न थालिएको विषयमा आचार्यको पनि संलग्नता रहेको बताइएको थियो । उक्त मुद्दालाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहनताका साथ हेरेको छ । कतिपयको बयान अझै जारी राखिएको अख्तियार स्रोतले जनाएको छ ।












प्रतिक्रिया