२१ कार्तिक २०८३, शनिबार

एपीएफ टोलीद्वारा चोरीपैठारीका मोइबाल बरामद

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ कार्तिक । सिराहाको लहान नगरपालिका १९ स्थित छहरापट्टिबाट सोमबार एपीएफ टोलीले करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको मोबाईल सेट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लहानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नविनकुमार खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले ३४ थान माबाईल सेट बरामद गरेको हो । एपीएफ टोलीले बरामद मोबाईल सेट आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द खातीको कमाण्डमा खटिएको एपीएफ टोलीले सोमबार नै करीव १ लाख ९५ हजार रुपैयाँ बराबरको ८ बोरा रुमाल बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रुमाल एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका ७ स्थित धकधई ईलाकाबाट बरामद गरेको हो ।