२१ कार्तिक २०८३, शनिबार

मेयर रेणुको कडा चेतावनी : सरसफाईमा अटेर गरे कारवाही गर्छु

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १९ कार्तिक । भरतपुर महानगरपालिका मेयर रेणु दाहालले सुन्दर, शान्त, स्वच्छ र हाराभारा महानगर बनाउन आवश्यक ऐन नियम कानुन बनाएर कारवाही गर्ने बताएकी छिन् ।

हरेक हप्ता नयाँ ठाउँमा गई महानगरपालिकाले आफै सरसफाईमा सरिक भई आम जनतालाई प्रेरित गर्दै आएको अभियान अन्तर्गत सोमबार महानगरपालिका परिसरदेखि सहिदचोकसम्म गरिएको सरसफाई कार्यक्रममा बोल्दै मेयर दाहालले आफूहरुले महानगरलाई सरसफाईयुक्त राख्न आग्रह, अपिल, पत्रचार गरेको बताउदै यति गर्दा पनि भएन भने कडा ढगंले कार्यपालिका बैठकबाटै नीति र कानुन के बनाउन पर्छ त्यो बनाएरै कारवाही गर्ने चेतावनी दिइन् ।

‘यदि यो अनुरोधलाई फेरि पनि सुनेको नसुन्यै गरेर, कानमा तेल हालेर बस्ने परिपार्टी यहि स्थितिमा रहन्छ भने महानगर कडाईका साथ अगाडी बढ्छ’, उनले भनिन्, ‘समृद्धिका लागि आवश्यक ऐन नियम कानुन बढाएर अगाडी बढ्छौँ ।’

महानगरलाई उत्कृष्ट र समृद्ध महानगर बनाउन आफ्नो टिम स्मार्ट सिटीको परिकल्पना गर्दै अगाडी बढिरहेको सन्र्दभमा स्मार्ट सिटीको परिकल्पना गरिदा स्मार्ट पिपुलसगैँ स्मार्टनेस हुन जरुरी रहेको उनले बताईन् । कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले सबै सेचत र सबै गम्भीर हुदै सरसफाईमा सक्रिय सहभागीता जनाउन आग्रह गरे ।

महानगरपालिका गेटदेखि सुरु भएको कार्यक्रम लायन्सचोक, शहिदचोक लगायतका स्थानमा सरसफाई गरिएको थियो ।