१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल ४ असारमा टुंगो लाग्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । राष्ट्रिय सभाका अध्यक्षसहित सबै सदस्यहरूको कार्यकाल टुंग्याउन ४ असारमा गोलाप्रथा हुने भएको छ ।

गोलाप्रथामा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सत्तापक्ष दलका नेता दीनानाथ शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने र प्रत्येक प्रदेशबाट प्रतिनिधित्व भएकाहरूको कार्यकालका लागि क्लस्टरअनुसार गोलाप्रथा हुन लागेकाले तिमल्सिना, शर्मा र पाण्डेमध्ये एकजनाको २ वर्ष, अर्कोको ४ वर्ष र तेस्रोको ६ वर्ष कायम हुनेछ । उनीहरू तीनैजना प्रदेश ४ बाट खुला समूहबाट राष्ट्रिय सभामा आएका हुन् ।