गुल्मी, ४ जेठ । दोस्रो चरणमा हुने स्थानिय निर्वाचनको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी सुरु भएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न भेला, सभा सम्मेलन छलफलहरु गर्न थाले सगै चुनावी रौनक भित्रिन थालेको छ । गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका मध्ये निकै चर्चा र सबैको केन्द्रमा रहेको रेसुङ्गा नगरपालिकामा पनि चुनावी चहलपहल तात्न थालेको छ ।
नेपाली कांग्रेको अखडा मानिएको रेसुङ्गा नगरपालिका एमालेका चर्चित एबं लोकप्रिय नेता डिल्लीराज भुसाललाई मेयर पदमा उठाउने निर्णय सगै चुनावी प्रतिपर्धा झनै कडा बन्ने भएको छ । यो नगरपालिकामा मुख्य प्रतिपर्धामा एमाले कांग्रेसको चुनावी प्रतिपर्धा रहेको छ भने माओवादी तेस्रो शक्ती हो । लामो समय सम्म नेकपा एमालेको बिभिन्न पद तथा बिभिन्न जिम्मेवारीमा रहेका सक्रिय भुमिका निर्वाह गरेका भुसाल जिल्लाका प्रतिष्ठित समाजसेवीका रुपमा पनि परिचित छन् ।
जिल्लामा रहेका धेरै सामाजिक संघ संस्थामा अग्रपङतिमा रहेर काम गरिरहेका भुसाल पार्टीको काममा पनि उत्तिकै चर्चामा छन् । नेकपा एमालेको लामो इतिहासमा उनि बिभिन्न परिर्वतनका आन्दोलनहरुमा सहभागीहुँदै सधै समाज र जनताको परिर्वतनको निम्ती योगदान दिदै आएका छन् । गुल्मी र सिङ्गो देसको परिर्वतनको निम्ती भुसालले हरेक क्षेत्रबाट सहयोग र अग्रपङतीमा रहेर महत्वपूर्ण भुमिका राखेका छन् । देस र जनताको निम्ती सधै उनले समय सर्मपित गरेका भुसाल हाल एमाले जिल्ला कमिटी गुल्मीको सचिवालय पदमा रहेर काम गरिरहेका छन् । समाज सेवा र राजनितिलाई सधै केन्द्रमा राखेर काम गरिरहेका भुसाल हाल रेसुङ्गा नगरपालिकाको इन्चार्ज समेत रहेका छन् ।
को हुन मेयर पदका उम्मेदवार डिल्लीराज भुसाल ?
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १ निवासी डिल्लीराज भुसाल उमेरले ६४ वर्षिय हुन भने देस्रो चरणमा हुने स्थानिय निर्वाचनमा एमालेको तर्फबाट मेयरपदमा सर्वसहमतीमा उम्मेदवार हुन । १४ वटा वडा रहेको नगरपालिकामा भुसालले आफुलाई जित्नको निम्ती धेरै कार्यकर्तालाई आफनो पक्षमा ल्याउने प्रयास गरेका छन् । गत संबिधान सभाको निर्वाचनमा नेपाली कांग्रेसले जितेको क्षेत्रभित्र पर्ने नगरपालिकामा उक्त निर्वाचनको आकाडामा एमाले कम्जोर मानिन्छ । दुई पटक सम्म एमाले जितेको क्षेत्रमा तेस्रो पटक भने कांग्रेसले जितेको थियो । जिल्लाको सदरमुकाम रहेको यो नगरपालिकामा एमालेलाई जित्नको निम्ती धेरै संधर्ष गर्नुपर्ने अन्य दलहरुको आकलन रहेको छ । हाल यो नगरपालिकामा पछी केहि अन्य गाविसका वडाहरु थपीएपछी हाल यो नगरपालिकामा पनि जित्नको निम्ती बलियो आधार बनेको छ । मुखले बोलेर भन्दा काम गरेर देखाउनु पर्छ उनको सोच रहेको छ । कम बोल्ने तर काम गरेर देखाउने उनको स्वाभाव रहेको छ ।
के छन् जित्ने आधारहरु ?
पछिल्लो समय यता कांग्रेस भित्र कार्यकर्ताहरुमा बितृणा जागेको र उम्मेदवार छनोटमा समेत केहि असंन्टुष्टी देखिएकोले पनि एमालेलाई जित्नको निम्ती सजिलो बन्दै गएको छ । देस पक्षको निम्ती एमालेले हरेक पक्षमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कांग्रेसबाट युवा पिडिहरु सगै एमालेमा प्रबेश गर्नेको लहर वढदै गएको छ । अन्य पार्टीको आन्तरीक सगै एमालेले पनि नगरपालिका जित्नको निम्ती बिकासका हरेक पक्षमा निकै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । भुसालले पनि नगरपालिका जित्नको निम्ती नगरक्षेत्रमा बिकासका सवल पक्षमा उनले धेरै कामहरु गर्दै आएका छन् ।
भुसालले युवा पिडि सगै पुराना पुस्ताले नयाँ नेतृत्व त्यो पनि एमालेको नेतृत्व चाहेकोले जित्ने आधारहरु धेरै रहेको बताए । बिकास निर्माण सगै हरेक क्षेत्रमा एमालेले गरिरहेका कामहरुबाट धेरै जनमत भित्रिएकोले अहिले यो नगरक्षेत्रमा एमाले पहिले जस्तो कम्जोर नरहेको बताए । उनले भने एमालेमा देसभर जनलहर आइरहेको बेला गुल्मीको यो नगरपालिकामा पनि धेरै जनलहर भित्रिएकोले एमालेलाई जित्नको निम्ती बलियो आधार बनेको बताए । राजनिति सगै सामाजिक क्षेत्रमा रहेर भुसालले धेरै कामहरु समाज गरिरहेकाले उनि यो नगरमा लोकप्रिय छन् ।
नयाँ योजना के छन् ?
नगर क्षेत्रलाई सुन्दर र सबैले एउटा उदाहरणको रुपमा ल्याउने सुन्दर नगर बनाउने कल्पनाका साथ हामीले योजनाहरु ल्याउने सोच बनाएका छौ, उनले भने ‘नगरक्षेत्रमा स्वच्छ खानेपानीलाई सहज पहुच बनाउने, नगरक्षेत्रमा अस्तव्यस्त सडकलाई बैकल्पीक सडक मार्गहरु राख्ने, नगरका सबै सडकहरु पक्की गर्ने, सबै जनतालाई शिक्षा,स्वास्थ्य,सहितका पहुचबाट सर्बसुलभ बनाउने छौं,’ ।
धेरै कामहरुछन् हाम्रा आगामी योजनाहरुमा सबै बोलेर भन्दा काम गरेर देखाउने छौ त्यसका निम्ती एमालेको जित आबश्यक रहेको छ उनले भने‘ अब समाज परिर्वतनका निम्ती कृषि क्षेत्रलाई नै बलियो माध्यम बनाउनु पर्छ जव सम्म उत्पालन हुँदैन तव सम्म देस समाज परिर्वतन हुँदैन त्यसका निम्ती कृषिलाई आधुनिक बैज्ञानिक बनाउनको निम्ती हरेक प्रयास हुनेछन् ।
कृषि क्षेत्रलाई आधुनिकरण गर्नका निम्ती कृषि प्राबिधिक शिक्षा अनिवार्य छ त्यसको निम्ती पहल हुनेछ । देसको महत्व पूर्ण समस्याका रुपमा रहेको बेरोजगारी समस्यालाई हटाउन र स्वदेसमै केहि गर्नु पर्छ गर्न सकिन्छ भन्ने वातावरण र रोजगारी सृजनाका निम्ती धेरै योजनाहरु आफुले राखेको बताए ।
शिक्षालाई प्राबिधिक मैत्री र उत्पादन मुखी शिक्षा अहिलेको आबश्यकता हो ‘त्यसको निम्ती पनि धेरै योजनाहरु समाबेश गर्ने बताए’ । अरुले धेरै बोलेर काम गर्दैन तर थोरै बोलौ धेरै गरौ त्यसको निम्ती एमालेलाई जिताउन उनले अपिल गरे । एमाले प्रति आएको जनलहरलाई सम्मान गर्दै एमालेले महत्वपुर्ण काम गर्न दिन एमालेलाई मतदान गर्न सबैमा अनुरोध गरे ।













प्रतिक्रिया