२१ कार्तिक २०८३, शनिबार

धर्मुश-सुन्तलीकी आमाले हारिन् गोदाबरीमा उपमेयर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली(की आमा सीता घिमिरे उपमेयरमा पराजित भएकी छिन् । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा माओवादीबाट चुनाव लडेकी उनले तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो । उनी भन्दा अघि एमाले र काँग्रेसका उम्मेदवारले मत पाए ।

बिहीबार अपरान्ह भएको मतगणना अनुसार, गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसका गजेन्द्र महर्जन विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम सिलवाल थिए ।

यसैगरी, उपमेयरमा कांग्रेसकी मुना अधिकारी कुवर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा सञ्जेलले थिइन् । कुञ्जनाकी आमा तथा धुर्मुशकी सासुआमा सीताको उपमेयर बन्ने सपनामा तुषारापात लागेको छ ।

कुञ्जना (सुन्तली) को आमाको रुपमा उनले चुनाव प्रचारप्रसारमा चर्चा पाए पनि मतदाताले खासै मत भने दिएको देखिएन । धुर्मुस र सुन्तली पनि उनका लागि मत माग्न गएनन् ।