१३ कार्तिक २०८३, शुक्रबार

माओवादी बुझाइमा अब के हुनसक्छ सहमतिको सूत्र ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । माओवादी केन्द्रले एमालेले अबको संसद् बैठक अवरुद्ध नगर्ने विश्वास लिएको छ ।

लगातार संसद् बैठक अवरुद्ध हुँदा एमाले आफैँलाई अप्ठ्यारो परेको र सर्वोच्च अदालतको सोमबारको आदेशपछि थप दबाब महसुस गरेका कारण एमाले लचिलो हुने बुझाइ माओवादी केन्द्रको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमालेले मंगलबारको संसद् बैठक २४ पुससम्म स्थगित गर्न संसद्को कार्यव्यवस्था परामर्श समिति बैठकमा माग गर्नुको कारण पनि सहमतिमै आउन भएको बुझाइ माओवादी केन्द्रको छ ।

‘दलहरूसँगको छलफल, अदालतको आदेश सबै हेर्दा एमाले अब कुनै न कुनै समझदारी बनाएर जाने गरी लचिलो भएर आउने देखिन्छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने, ‘२४ पुसको संसद् बैठक एमालेले चल्न दिने बुझाइ हाम्रो छ ।’