१३ कार्तिक २०८३, शुक्रबार

आयल निगमभित्र ठूलो घोटाला, बोनस खान षड्यन्त्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार बिकास शीर्षकमा संकलन गरेको अर्बौं रुपैया रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ ।

निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको खुलासा भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

निगमको विनियमावलीमा जुन शीर्षकमा उठाइएको हो, त्यसैमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

निगम नाफामा गएपछि त्यहाका कर्मचारीले बोनस खान पाउने कानूनी व्यवस्था छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन घाटामा रहँदारहँदै करिब ९० करोड रुपैयाँ बोनस खाने तयारीमा थिए ।