२६ कार्तिक २०८३, बिहिबार

डा. गोविन्द केसीले अनशन तोडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-KC

काठमाडौं, १० साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै आठौं पटक अनशन बसेका डाक्टर गोविन्द केसीले सोमबार अनशन तोडेका छन् ।

आफूले राखेका मागका विषयमा सरकारी वार्ता टोलीसँग आइतबार राति चार बुँदे सहमति भएपछि डा. केसीले १६ औं दिनमा सोमबार दिउँसो अनशन तोडेका हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि आएका बिरामी सरोज नेपाली र छेवाङ लामाको हातबाट जुस खाँदै केसीले अनशन तोडे ।

अनशन तोडेपछि उनले भने– ‘संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लड्नुपर्छ । युवाहरु जाग्नुपर्छ ।’