२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस देउवा समूहको प्रदेश अधिवेशन मंसिरमा : खाना पार्टीको, बास आफ्नै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा । नेपाली कांग्रेस (देउवा समूह )को १५ औं गण्डकी प्रदेशस्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ ।

कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहनेछ ।

अधिवेशन सम्पन्न गर्न ७ वटा उपसमिति गठन गरिएको छ ।

सहभागीलाई खाना र नास्ताको प्रबन्ध आयोजकको तर्फबाट गरिएको छ भने आवासको व्यवस्था सहभागी प्रतिनिधि स्वयंमले गर्नुपर्ने बताइएको छ ।