२६ कार्तिक २०८३, बिहिबार

एनपीएल : प्लेअफ सम्भावना जीवित राख्नका लागि जित्नैपर्ने खेलमा ब्याटिङ गर्दै कर्णाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको छ ।

५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ ।

५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ ।

आजै भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको थियो ।