काठमाडौं । पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरुले जितलाई प्राथमिकता दिएर खेल प्रदर्शन गरेको बतएका छन् ।
पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका लामिछानेले टिमलाई महत्वपूर्ण २ अंक प्राप्त गर्नका लागि जितलाई प्राथमिकता दिएर खेल प्रदर्शन गरेको बताए ।
उनले आफ्नो लागि व्यक्तिगत कीर्तिमानीभन्दा टिमको जित निकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

ह्याट्रिक बलिङ गर्दा आफूलाई त्यसबारे सुरुमा पत्तो नभएको र टिमका साथीहरुले आएर भनेपछि मात्रै थाहा पाएको उनको भनाइ छ ।
कति विकेट लियोभन्दा पनि कुन परिस्थितिमा र कस्तो समयमा बलिङ गरियो भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए ।
खेलमा अन्य बलरहरूले अर्को इन्डबाट दबाब सिर्जना गरिदिएका कारण आफूलाई बलिङ गर्न निकै सहज भएको र यो एक उत्कृष्ट ‘टिम गेम’को उदाहरण बनेको लामिछानेको भनाइ छ ।











प्रतिक्रिया