काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भारतमा खुसीयाली छाएको छ ।
भारतीयहरुले ओली हटिसकेपछि नेपालमा फेरि भारतको प्रभाव बढ्ने विश्लेषण गर्न थालेका छन् । ओलीले चीनसँग सम्बन्ध स्थापित गरेदेखि असन्तुष्ट भारतीयहरुले उनी हटेपछि नेपालली राजनीतिमा फेरि भारतको ‘हुकुम’ चल्ने विश्लेषण गर्दै खुसीयाली मनाएका हुन् ।
यो कुरा भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन् । भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सले ओलीले राजीनामा दिएपछि सोमबारको अंकमा प्रशान्त झाको लेख छाप्दै ‘ओलीको राजीनामा नेपाली राजनीतिमा भारतीय प्रभावको पुनरागमन हो’ भनेको छ । लेखमा अगाडि भनिएको छ- ‘ओलीलाई हटाउनमा भारतीय पहल रह्यो, अब भारत नेपाली राजनीतिमा पुनः प्रवेश भएको छ ।’
उसो त नेपालको राजनीतिमा लामो समयदेखि भारतको प्रभाव रहँदै आएको छ तर, ओलीको पालामा भने लागु भएको थिएन् । ओली नै हटेपछि नयाँ सरकार गठनमा भारतीय प्रभाव फेरि सघन भएर आउने भन्दै लेखक झाले लेखेका छन् ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको राजीनामाले जातीय विविधता र राजनीतिक रुपले विभाजित देशमा जातीय बहुसंख्यकवाद र अति राष्ट्रवादबीच स्पष्ट सीमा देखाएको छ । यसले तराई र पहाडबीच रहेको ध्रुबिकरण सुल्झाउने बाटो खोलेको छ, जुन ओलीको शासनकालमा थप बलियो भएको थियो ।’
ओलीको राजीनामासँगै नेपालको राजनीतिक परिदृष्यमा भारतको पुनरागमन भएको उनको विश्लेषण छ । ‘गएको वर्ष केही राजनीतिक उपलब्धी हासिल गर्न नसकेको भारत फेरि नेपालको राजनीतिक परिदृष्यमा फर्किएको छ । यस्तै यसले दक्षिण एसिया विविधत युक्त प्रजातन्त्रमा चीनलाई सुक्ष्म व्यवस्थापन गर्न कठिन रहेको पनि देखाएको छ,’ उनले लेखेका छन् ।
ओली सरकार ढल्नु भारतको लागि सुखद खबर
यसैगरी भारतको अर्काे पत्रिका टाइम्स अफ इण्डियाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नु भारतको लागि सुखद खबर भएको लेखेको छ ।
नेपालका केहि राजनीतिक दल र बर्ग पनि खुसी छन । भावी प्रधानमन्त्री प्रचण्ड भारतले चाँहेको अर्थात मनपराएको प्रधानमन्त्री भएको समाचारमा उल्लेख छ ।
समाचारमा ओली चीनतिर बढी ढल्किएको र अति राष्ट्रवाद देखाएकाले भारतले मन नपराएको र त्यसैकारण उनी हट्नु भारतका लागि खुसीको कुरा भएको उल्लेख छ ।















प्रतिक्रिया