
काठमाडौं, १० साउन । अबिरल वर्षासँगै पहिरो खस्दा दाङको भालुवाङ हुँदै रोल्पा र प्यूठान जाने सडक अबरुद्ध भएको छ ।
प्यूठान जिल्लाको ढुंगेगाढी– ५ स्थित खहरेमा आज बिहान पहिरो खस्दा भालुवाङ–रोल्पा–प्युठान सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले सडक अबरुद्ध हुँदा सयौँ यात्रु र दर्जनौँ सवारी साधन सडकमा अलपत्र परेका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।











प्रतिक्रिया