काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई म जेल पर्दा तपाई कुन स्कुलमा हुनुहुन्थ्यो भनी प्रश्न गरेका छन् ।
व्यवस्थापिका संसदमा अविश्वासका प्रस्तावमाछि उठेका प्रश्नको जवाफ दिँदै प्रम ओलीले आफूलाई संघीयता र गणतन्त्र विरोधी भनेकोमा प्रचण्डप्रति असहमति जनाए ।
उनले भने- ‘अविश्वासका प्रस्तावक माननीय ज्यूले मलाई संघीयता विरोधी, गणतन्त्र विरोधी, अरु कुन कुन पक्षसँग मिलेको भन्नुभयो । मैले सोध्ने अधिकार छ तर, म सोध्दिन कि मैले राजतन्त्रका विरुद्ध संघर्षका गर्दा कहाँ हुनुहुन्थ्यो । त्यो बेला म जेल पर्दा कापी कलम बोकेर कुन स्कुलमा हुनुहुन्थ्यो ? सोध्ने ठाउँ छ तर, म सोध्दिन ।’












प्रतिक्रिया