काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद रामचन्द्र पौडेलले सहमति र सहकार्यको राजनीतिलाई कसैले छाड्न नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पौडेलले संविधान कार्यान्वयनका लागि पनि सहमति र सहकार्यका साथ अगाडि बढनु पर्ने बाध्यता रहेको बताउनुभयो । ‘मैले सुरु देखि भन्दै आएको छु’, उहाँले भन्नुभयो, ‘सहमतिको संस्कृति छाड्नु हुँदैन ।’
सत्ताको कुरा आफ्नो स्थानमा रहने बताउनुभएका पौडेलले भन्नुभयो, ‘सरकार बनाउने र गिराउने भन्दा पनि हामी आफैले बनाएको संविधान कार्यान्वयन गर्नुपर्छ । राष्ट्रपतिलाई बिबादमा तान्नु हुँदैन ।’












प्रतिक्रिया