२६ कार्तिक २०८३, बिहिबार

‘एउटा माघले जाडो जाँदैन, एमालेसँग फेरि मिल्न आउनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-pandey-3काठमाडौं, ९ साउन । एमालेका नेता तथा सांसद राजेन्द्र पाण्डेले दलका नेताहरूवीच धेरै तिक्तता नगर्न सुझाव दिनुभएको छ ।

संसदको आइतबारको बैठकमा बोल्दै सांसद पाण्डेले भन्नुभयो, ‘अहिलेको गठबन्धन धेरै नचल्न पनि सक्छ । फेरि हामी एकै ठाउँमा आउने अवस्था आउन सक्छ ।’ सांसद पाण्डेले भन्नुभयो, ‘एउटा माघले मात्रै जाडो जाँदैन । अर्को माघ पनि आउँदैछ । फेरि पनि हामी मिलेर जानुपर्ने अवस्था आउँछ ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संसद विघठन गरे सडक आन्दोलन गरेको स्मरण गर्नुभएका एमाले सांसद पाण्डेले भन्नुभयो, ‘कांग्रेसका नेताहरू कुनै अवस्थामा छन् त्यो पनि हेर्दा हुन्छ ।’

सांसद पाण्डेले भन्नुभयो, ‘गाउँमा भैँसी व्यापारीले अर्काको भैँसी किन्दा तेरो भैँसी सानो छ, नराम्रो छ, खुट्टा साना छन् भनेर थोरै मूल्यमा किन्छ । आफूले बेच्दा चिटिक्क परेको सानो भैँसी, घाँस पनि थोर खाने, खुट्टा पनि साना नलड्ने भन्छ । अहिले प्रचण्डले पनि केपी ओली सरकारमा बसेर त्यही व्यवहार गर्नुभयो ।’