२६ कार्तिक २०८३, बिहिबार

‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिबादमा नतानौँ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya Devi Bhandariकाठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद महेश आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिबादमा तान्न नहुने बताउनुभएको छ ।

नेता सांसदले भन्नुभयो, ‘राष्ट्रपति संस्था हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कसैले पनि बिबादित तुल्याउन हुँदैन । एमालेले पनि यसलाई ध्यान दिनुपर्छ ।’

संसदको आइतबारको बैठकमा बोल्दै सांसद आचार्यले राष्ट्रपतिको काम संविधानभित्र रहेर बस्नु पर्ने बताउनुभयो । सरकार बनाउने विषय संसदमा निहीत रहने भन्दै उहाँले यसलाई सहज प्रक्रियामा जान दिनुपर्ने बताउनुभयो ।

एमालेका केही नेताहरूले राष्ट्रपतिलाई बिबादमा तान्न खोजेको भन्दै कांग्रेस नेता आचार्यले आपत्ति जनाउनुभयो ।