२६ कार्तिक २०८३, बिहिबार

अविश्वास प्रस्ताव पारित भएपछि सरकार बनाउन कुनै समस्या छैन : खनाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanal1काठमाडौं, ९ साउन । एमालेका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालले अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री पद मुक्त हुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा आइतबार सहभागी हुँदै खनालले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव पारित भयो भने प्रधानमन्त्री पद मुक्त हुनु हुनेछ । त्यसपछि नयाँ सरकार बन्ने छ । सरकार बनाउन कुनै जटिलता छैन ।’

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले नयाँ सरकार बनाउन सहजता दिनु हुनेछ । सरकार बन्ने छ । सहमतिबाट अगाडि बढ्नु पर्छ ।’

उहाँले लोकतन्त्र, राष्ट्रियता र समाजवादलाई फराकिलो बनाने गरी केन्द्रित भइ अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।

‘आपसमा अविश्वासको संस्कारलाई त्याग्नु पर्छ’, वरिष्ठ नेता खनालले भन्नुभयो । उहाँले अविश्वासको प्रस्ताव एउटा प्रकृया भएको बताउँदै यसलाई अन्यथा लिनु नहुने बताउनुभयो ।

उहाँले अविश्वासको प्रस्तावका कराण दलहरूका वीच गहिरो खाडल आउँछ कि भनेर आफूलाई चिन्ता लागेको बताउनुभएको छ । ‘अविश्वासको प्रस्तावले मुलुकलाई झन् खालड बनाउनु हुँदैन’, उहाँले भन्नुभयो ।

स्थानीय निकायको निर्वाचन नहुँदा लोकतन्त्र जनतासम्म पुग्न नसकेको बताउनुभएका वरिष्ठ नेता खनालले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचन गराएर लोकतन्त्र संस्थागत गर्न लाग्नुपर्छ ।’