२६ कार्तिक २०८३, बिहिबार

संसदले सरकार बनाउन सक्दैन भन्नुको तुक छैन : सिटौला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-prasad-sitaulaकाठमाडौं, ९ साउन । कांग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौलाले विधि र पद्धति हामी आफूले कायम गर्ने हो भन्दै संविधानको अभ्यास अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा आइतबार सहभागी हुँदै सिटौलाले भन्नुभयो, ‘संसदले आफ्नो काम गर्छ । संसदले सरकार बनाउने हो । यसले आफ्नो नियमावली अनुसार काम गर्न सक्छ । सरकार बन्द सक्दैन भन्ने कुराको तुक छैन ।’

संसद रहँदासम्म सरकारलाई नियन्त्रण गर्न सक्ने भन्दै सांसद सिटौलाले भन्नुभयो, ‘संसदभन्दा माथि कोही पनि छैन । कल्पना पनि गर्नु हुँदैन । जनताबाट निर्वाचित संस्था यही हो । यसैले नै समाधान दिन सक्नुपर्छ । संसद छ भनेर सन्देश पनि दिनुपर्छ ।’

‘अविश्वासको प्रस्ताव पारित भएपछि पनि सरकार बनाउने प्रावधान छैन भनेर कसैले नभनौँ’, उहाँले भन्नुभयो, ‘संसदको अवमूल्यांकन गर्नु हुँदैन ।’

‘सरकार अल्पमतमा परेपछि राजीनामा दिनुपर्छ भन्ने संसारभरिको मूल्य मान्यता हो । प्रधानमन्त्री आवद्ध रहेको दल र संसदीय पद्धतिका लागि उचित हुन्थ्यो’, सिटौलाले भन्नुभयो, ‘आफ्नो प्रमुख पार्टनरले छाडिसकेपछि अल्पमतमा परेपछि केपी ओलीजीले राजीनामा दिनुपथ्र्यो । मैले पनि राजीनामा दिन सुझाव दिएको थिए ।’

सरकार अल्पमतमा परेपछि नयाँ प्रधानमन्त्री बनाउने कार्यमा लागेको बताउनुभएका उहाँले भन्नुभयो, ‘हामीले अभ्यास गर्दै आएको कुरा अहिले पनि गर्दैछौँ ।’

उहाँले सरकारलाई दैनिक संकट देखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले ल्याएका आर्थिक विधेयकहरू अस्वीकृत भएका छन् । सरकार दिनदिनै संकटमा छ । कानुन र ऐन बनाउन सक्दैन ।’

संविधान बनाएको प्रसंग उल्लेख गर्दै कांग्रेस नेता सिटौलाले भन्नुभयो, ‘संविधान त बनायौँ तर त्यो सबैलाई स्वीकार्य बनाउन सकिएन । तैपनि यसलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्छ । संविधान कार्यान्वयनमा कसैले अवरोध गर्नु हुँदैन ।’