१० श्रावण २०८३, आइतबार

शंकर पोखरेल : अनुशासन, नेतृत्व र पारदर्शिता

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बलिभद्र राना

ग्रीक दार्शनिक प्लेटोले आफ्नो कृति ‘रिपब्लिका’मार्फत् ‘आदर्श–नेता’को प्रतिरूप प्रस्तुत गरेका छन् ।‘राज्य चलाउन सबैभन्दा योग्य व्यक्ति साधारण शासक होइन, दार्शनिक हुन्छ’प्लेटो भन्छन्, ‘दार्शनिक–नेता जन्मिदैन, तयार हुन्छ ।’

आजको विश्व व्यवस्थालाई चाहिएको कस्तो नेता हो ?आजको विश्व सामाजिक व्यवस्था प्रतिक्रान्तिको पकडमा निसास्सिएको बेला निकासको छिद्र अन्वेषण सैद्धान्तिक वहसबाटै सम्भव छ । त्यसैले विद्वानहरूले शासन गर्छन् वा जो शासन गर्छन्, उनीहरू विद्वान् हुन्छन् भन्ने प्लेटोको निष्कर्श छ । त्यो शासन लोकतन्त्रको शासन हो ।

कार्ल मार्क्सको मृत्यु भएको झण्डै एक शताब्दीपछि मार्क्सकै रुपक लिएर जन्मिएका मदन भण्डारीको सम्पूर्ण विचारका ब्याख्याता नेता शंकर पोखरेल त्यहि आदर्श नेता हुन्, जसलाई प्लेटोले परिकल्पना गरेका थिए।

कार्ल मार्क्सको मृत्यु भएको झण्डै एक शताब्दीपछि मार्क्सकै रुपक लिएर जन्मिएका मदन भण्डारीको सम्पूर्ण विचारका ब्याख्याता नेता शंकर पोखरेल त्यहि आदर्श नेता हुन्, जसलाई प्लेटोले परिकल्पना गरेका थिए तर अहिले भइरहेको छ के ? यस सन्दर्भमा पनि प्लेटोकै भनाइ साभार गर्न सकिन्छ, उनले भनेका छन्, ‘सबैभन्दा ठूलो समस्या तब उत्पन्न हुन्छ, जब नेतृत्व त्यस्ता व्यक्तिहरूका हातमा पर्छ, जसले नेतृत्व गर्नै हुँदैन।’
अज्ञान र अनियन्त्रित इच्छाहरूले भरिएको नेतृत्वले राज्यलाई क्षयतिर लैजान्छ। के नेपाली राजनीति त्यो दिशामा तिव्ररुपमा अगाडि बढिरहेको छैन ?

वर्तमान नेपाली राजनीतिक संकटको मूल जड पनि सत्ता–सन्तुलन भत्किएको अस्थिर दलगत संस्कृति, वैधानिक संस्थाहरूको कमजोर भूमिकाकरण र दीर्घकालीन राष्ट्रिय दिशाभावनाको अभावमा रहेर विकसित भएको छ। ‘आजसम्मको सम्पूर्ण इतिहास वर्गसङ्घर्षको इतिहास हो’ भन्ने कार्ल मार्क्ससँग सहमत नभई यस्तो राजनीति र समाजको विश्लेषण मात्र होइन, कुनै पनि समस्याको जड र समाधान खोज्न असम्भव छ ।पछिल्लो नेपाली राजनीति र राज्यका तीनै अङ्ग शिथिल अवस्थामा पुगेको सन्दर्भ मात्र नभएर आजसम्मको नेपाली समाजको विकासे बाधाहरुको कारकतत्व र त्यसको समाधान फगतलोकप्रियता र क्षणिक प्रभावी अभिव्यक्ति र भावभङ्गीबाट प्राप्त गर्न सकिदैन । कुनै पनि समाजको विकासमा निश्चित अवधारणाले काम गरिरहेको हुन्छ, आजको त्यहि समय सन्दर्भलाई व्याख्या गर्दै पोखरेलले प्रष्ट भनेका छन्, ‘वर्तमान राजनीतिक–सामाजिक अस्थिरतालाई सरकारी कमजोरीको विषय मात्र होइन, यो दल संरचना, निर्वाचन प्रणाली, पार्टी संयन्त्र र युवा सहभागिताको प्रतिबिम्ब पनि हो ।’

आज राजनीतिप्रति मात्रै वितृष्णा छ ? समाजका प्रत्येक नशा तरङ्गमा राजनीतिक सम्बन्ध छ, त्यसैले यसको प्रभाव बहुआयामिक हुने भैहाल्यो तर अविकास र अपरिवर्तनमा राजनीतिक असफलता मात्र सम्बन्धित छैन । राजनीतिक मुक्ति, शक्ति र नेतृत्व जनसमुदायबाटै जन्मिनुपर्छ।त्यसो भए नेपाली जनताले चाहेको नेतृत्व चिन्न पनि सकेका छन् ? यति बेला अब्राहम लिंकनको एउटा भनाइ स्मरण गर्नुपर्ने हुन्छ, उनले भनेका छन्, ‘राजनीतिमा स्थायित्व, न्याय र विकास चाहनुहुन्छ भने नेतृत्व स्पष्ट विचार र सत् चरित्रमा आधारित हुनुपर्छ।’

वैचारिक अस्पष्टताले नेतृत्वमा द्विविधा र भ्रम जन्माउँछ र त्यसले संगठन र समाज दुवैलाई कमजोर बनाउँछ भन्ने विषय शंकर पोखरेलले स्पष्ट राख्दै आएका छन् । संगठन र समाज दुवैका लागि वैचारिक स्पष्टता नेता शंकरको एश्वर्य हो । आजको नेपाली समाजले तिव्रतर रुपमा विकास र परिवर्तनको अपेक्षा गरेको छ ।

वैचारिक अस्पष्टताले नेतृत्वमा द्विविधा र भ्रम जन्माउँछ र त्यसले संगठन र समाज दुवैलाई कमजोर बनाउँछ भन्ने विषय शंकर पोखरेलले स्पष्ट राख्दै आएका छन् । संगठन र समाज दुवैका लागि वैचारिक स्पष्टता नेता शंकरको एश्वर्य हो । आजको नेपाली समाजले तिव्रतर रुपमा विकास र परिवर्तनको अपेक्षा गरेको छ । त्यो भौतिक विज्ञान र यसको चरम सदुपयोगबाट सम्भव छ । तर त्यसको लागि एउटा वैचारिक मापदण्ड अपरिहार्य छ । जसरी चीनमा माओले मार्क्सवादको चिनिया शैलीमा रुपान्तरण गरी लागु गरे, त्यसरी नै मदन भण्डारीले वैज्ञानिक समाजवादको नेपालीकरण गरेर जनताको बहुदलीय जनवाद (जबज) निर्माण गरे । नेता पोखरेलले त्यस सिद्धान्तको व्याख्या गर्दै नेपालको राजनीतिक रूपान्तरण, लोकतान्त्रिक विकास र समाजवादी यात्राको ऐतिहासिक, वैचारिक तथा व्यवहारिक आधारका रूपमा स्थापित मौलिक सिद्धान्तको रुपमा अर्थ्याएका छन् ।

जननेता मदन भण्डारीले प्रतिपादित यो सिद्धान्त केवल राजनीतिक कार्यक्रम होइन–नेपालको समाज, इतिहास, वर्ग संरचना, सांस्कृतिक विशेषता र विश्व कम्युनिस्ट आन्दोलनका सफल–असफल अनुभवहरूको वैज्ञानिक संश्लेषण हो । जबजले मार्क्सवादी सिद्धान्तलाई नेपाली यथार्थसँग सुसम्बद्ध गर्दै समाजवादी रूपान्तरणको मार्गलाई शान्तिपूर्ण, लोकतान्त्रिक, प्रतिस्पर्धात्मक र जनसहभागितामूलक बनाउने स्पष्ट दिशा प्रदान गरेको छ । यसले प्रस्ट्याएको मूल सत्य यही हो—लोकतन्त्र र समाजवाद परस्परविरोधी होइनन्, बरु एक–अर्काका पूरक हुन् । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकारको सम्मान, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, प्रतिपक्षको भूमिका, शक्ति पृथकीकरण, सामाजिक न्याय र आर्थिक समता–यी सबै केवल राजनीतिक मूल्य होइनन्, समाजवादसम्म पुग्ने आधारशिला हुन् । जबजले यी मूल्यलाई पुँजीवादी प्रयोगको दायराबाट निकालेर श्रमजीवी वर्ग, जन–अधिकार र समाजवादी उद्देश्यका पक्षमा पुनर्स्थापित गरेको छ ।

जननेता मदन भण्डारीले प्रतिपादित यो सिद्धान्त केवल राजनीतिक कार्यक्रम होइन–नेपालको समाज, इतिहास, वर्ग संरचना, सांस्कृतिक विशेषता र विश्व कम्युनिस्ट आन्दोलनका सफल–असफल अनुभवहरूको वैज्ञानिक संश्लेषण हो । जबजले मार्क्सवादी सिद्धान्तलाई नेपाली यथार्थसँग सुसम्बद्ध गर्दै समाजवादी रूपान्तरणको मार्गलाई शान्तिपूर्ण, लोकतान्त्रिक, प्रतिस्पर्धात्मक र जनसहभागितामूलक बनाउने स्पष्ट दिशा प्रदान गरेको छ ।

जबजले देखाएको मार्ग यही हो–जनताको हातमा सत्ता, जनताको हितमा राज्य र जनताको आकांक्षा अनुरूपको समाजवादी लोकतन्त्र । नेपाललाई समृद्ध, न्यायपूर्ण र समान अवसरयुक्त राष्ट्र बनाउने आधार यही सिद्धान्तमै निहित छ । यही वर्गीय दृष्टिकोण नै जबजको मौलिक सार हो । नेपाली समाजको विकासलाई रोक्ने प्रमुख बाधालाई नेता पोखरेलले समग्र रूपमा राजनीतिक अस्थिरता, दीर्घकालीन राष्ट्रिय दृष्टिकोणको अभाव र दलगत हितमा मात्रै बढी झुक्ने शासन–संस्कृति पहिचान गरेका छन् । संगठनात्मक वैचारिक आधार निर्माणमा वर्ग विश्लेषण जति महत्वपूर्ण रहन्छ, समाज विकासमा नेता शंकर पोखरेलको समस्या पहिचान त्यति नै सान्दर्भिक भएर आउँछ ।

उनले विश्लेषणमा भन्ने गरेका छन्, राज्यका संस्थाहरू कमजोर हुनु, भ्रष्टाचार गहिरिनु, ग्रामीण–शहरी असमानता, कृषि र उत्पादन क्षेत्रको अवमूल्यन, श्रमशक्ति बाहिरिने प्रवृत्ति र योजनाको निरन्तरतामा खलल पर्ने परम्पराले समाजमा दिगो प्रगतिको आधार बलियो हुन सकेको छैन । सामाजिक सुरक्षाको विस्तार र समावेशी विकासको सन्दर्भमा पोखरेलले स्पष्ट विचार राखेका छन्, ‘समाजमा अव्यवस्था, अनियमितता र भविष्यप्रतिको असुरक्षा छ, त्यसलाई सामान्य नागरिक र कामकाजी समुदायका लागि सामाजिक सुरक्षा कार्यक्रममार्फत् समाधान गर्नुपर्छ ।’ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको शासनकालमा कार्यान्वयनमा ल्याइएका कार्यक्रमले पुष्टि गर्छ ।

युवा, सामाजिक सुरक्षा, पार्टी आन्तरिक सुशासन, राष्ट्रिय नीति स्थिरता सबै उनको राजनीति र दल सञ्चालन रणनीतिमा उल्लेख छन् । असन्तुष्ट युवालाई विमति नदेखी नवयुवाका रूपमा विश्वास गरेर हातेमालो गर्ने र नवयुवालाई पार्टीको मूलधारमा ल्याउन पहल गर्ने उनको योजना छ ।
त्यसैले उनलाई विश्वास पनि छ कि यदि एमाले मात्र होइन, अन्य दल र नागरिक समूहहरूले पनि यस विषयमा समान रूपले योगदान दिए नेपाली राजनीतिक संकटको समाधान र लोकतन्त्रको पुनरुत्थान सम्भव छ।यसबाट नवयुवाप्रति पोखरेलको दृष्टिकोण मूल्याङ्कन गर्न सहयोग पुग्छ ।

विभाजन, गुटबन्दी, अस्थिरताबाट उठेर एमालेभित्रको एकता कायम राख्ने र पार्टीलाई राष्ट्रिय शक्ति बनाउने उनको चाहना हो । पार्टीभित्रको गुटीय संस्कृतिबाट लिएर राष्ट्रिय नीति निर्माणसम्म, सबै तहमा दीर्घकालीन सोचभन्दा क्षणिक सत्ता रणनीति हावी भएको कारण नागरिकको भरोसा कम हुँदै गएको नेता पोखरेलले धेरै पटक विश्लेषण गरेका छन् । यस्तो परिस्थिति समाधानका लागि कानुनी संस्थाहरूको मजबूती, दलगत आचरणमा अनुशासन र राष्ट्रिय हितलाई दीर्घकालीन रूपमा मार्गदर्शक बनाउने परिपक्व राजनीतिक संस्कार अपरिहार्य ठानेका छन् ।राष्ट्रवादी दृष्टि, स्थिर लोकतन्त्र, अनुशासित संगठन र सामाजिक–आर्थिक रूपान्तरणद्वारा समृद्ध नेपालको परिकल्पनालाई बारम्बार व्यवहारिक स्तरमा उतार्न नीतिगत विकासका लागि उनले पार्टी संगठनका टोल कमिटिदेखि महाधिवेशनसम्म पु¥याएका छन्, भने प्रदेशदेखि संघीय सरकारको नेतृत्व गर्दा उनले प्रभावकारी भूमीका देखाएका छन् ।

प्रदेशको मुख्यमन्त्रीको हैसियतमा शून्यको अवस्थाबाट कार्यप्रारम्भ गर्नुभएका पोखरेलले समृद्ध प्रदेश, खुसी जनताको लक्ष्यका साथ नागरिकमा सेवा प्रवाह, विकास निर्माण, समृद्धि र सुशासनको क्षेत्रमा उल्लेख्य योगदान गरे । हरेक प्रदेशका लागि सबैभन्दा प्रमुख चुनौती प्रदेशको नामकरण र राजधानीको निर्धारण थियो ।

प्रदेशको मुख्यमन्त्रीको हैसियतमा शून्यको अवस्थाबाट कार्यप्रारम्भ गर्नुभएका पोखरेलले समृद्ध प्रदेश, खुसी जनताको लक्ष्यका साथ नागरिकमा सेवा प्रवाह, विकास निर्माण, समृद्धि र सुशासनको क्षेत्रमा उल्लेख्य योगदान गरे । हरेक प्रदेशका लागि सबैभन्दा प्रमुख चुनौती प्रदेशको नामकरण र राजधानीको निर्धारण थियो । यद्यपि उनको कुशल नेतृत्वकै कारण निरन्तरको छलफल र बहसको प्रक्रियाद्वारा तीनवटा आञ्चलिक मनोविज्ञानलाई जोडेर एउटा साझा मनोविज्ञान तयार गरी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी राख्न सम्भव भयो ।

संस्थापक मुख्यमन्त्रीको रुपमा संघीय प्रणालीको जग बसाउन सफल पोखरेलले पार्टीको लोकतान्त्रिकरणका साथै राष्ट्रिय जीवनमा पनि उल्लेखनीय योगदान दिएका छन् । प्रदेशको मुख्यमन्त्री रहँदा नेता पोखरेलले मुख्य रुपमा दुई वटा विषय सैद्धान्तिक रुपमा सम्बोधन गरे । पहिलो, संवैधानिक लोकतन्त्र, सुशासन र राष्ट्रिय स्थिरतालाई प्रदेश तहबाट मजबूत पार्ने रणनीति लागु गरे । दोस्रो समावेशी विकास, रोजगारी र युवा सहभागिताका लागि अर्थ र सामाजिक विकास दुबैलाई प्राथमिकतामा राखेर काम गरे । यी दुई आपसमा अन्योन्याश्रित विषय हुन् ।राष्ट्रियता, स्वाभिमान र राज्यको स्थायित्वका सन्दर्भमा सायदै उनले जति कसैले गहन विश्लेषण गरेको छ । राष्ट्रिय सार्वभौमिकता, राजनीतिक स्थिरता र दीर्घकालीन राष्ट्रिय हितलाई सर्वोच्च दृष्टि राख्दै आएका पोखरेलले वर्तमान मुद्धालाई आन्तरिक शक्ति र जनमतले निर्धारण गर्नुपर्छ भन्ने धारणानिरन्तर प्रस्तुत गर्दै आएका छन् ।

संघीय लोकतान्त्रिक संविधानलाई प्रभावकारी बनाउने लक्ष्यमा उनले खेलेको भूमिका स्मरणीय मात्र छैन, संविधानलाई कार्यरत, स्थिर र परिणाममुखी बनाउने बाटोमा बल दिन्छन् । नेकपा (एमाले) र माओवादी केन्द्रको एकीकरणपछि गठित नेकपामा उत्पन्न मतभेदलाई अन्त्य गरी पार्टी एकतालाई अक्षुण्ण राख्न उनले निरन्तर संवादमा रही अथक प्रयास गरे । यद्यपि त्यो सफल भएन । विभाजनको कठिन घडीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष समन्वयमा रहेर पार्टीलाई थप क्षति हुनबाट जोगाउँदै बलियो शक्तिका रुपमा स्थापित गरिराख्न उनले निर्वाह गरेको व्यक्तिगत र सामूहिक भूमिका भने स्मरणीय छ ।

संघीय लोकतान्त्रिक संविधानलाई प्रभावकारी बनाउने लक्ष्यमा उनले खेलेको भूमिका स्मरणीय मात्र छैन, संविधानलाई कार्यरत, स्थिर र परिणाममुखी बनाउने बाटोमा बल दिन्छन्।

त्यसैले ठिक आजको यहि समयमा शंकर पोखरेलको आदर्शमा तीन विषय छन्, दलीय स्थिरता, निर्वाचन प्रणाली सुधार र दिगो शासन । दलीय स्थिरताका सन्दर्भमा पोखरेलको स्पष्ट नीति छ, ‘व्यक्तिगत महत्वाकाङ्क्षा भन्दा पनि दल र विधानको शक्तिबाट, संगठनको अनुशासनबाट स्पष्ट नीति र स्थिर नेतृत्वको खोजी ।’ निर्वाचनको विषयमा उनको विचार छ, लोकतन्त्र भनेको चुनाव मात्र होइन, नियमित पार्टी र विधानसम्मत रूपले समाज र देशको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने अभ्यास हो ।

नेता शंकर पोखरेलले दिगो शासन व्यवस्थाका लागि सामाजिक आर्थिक अनुशासनको महत्वलाई उठाउँछन् । जनताको बहुदलीय जनवादले सामाजिक आर्थिक रुपान्तरणमा आधारित विकास अवधारणा प्रस्तुत गरेको छ । नेता पोखरेलले विकासलाई भौतिक पूर्वाधारभन्दा व्यापक अर्थमा लिन्छन् । उनले सामाजिक सुरक्षा, उत्पादनशीलता, श्रम र युवाको उद्यमशीलतालाई केन्द्रमा राखेका छन् । शंकर पोखरेलको नेतृत्व अनुशासन, पारदर्शीता र स्पष्ट दृष्टिकोणमा टेकेर बलियो संगठन र सबल शासनमार्फत् समृद्धिका आधार निर्माण गर्छ ।

आजका युवाहरु असन्तुष्ट र निराश छैनन् । विकल्प खोजिरहेका छन् । युवालाई देश निर्माणको मूलधारमा ल्याउने प्रमुख आदर्श नेता शंकर पोखरेलले दिएका छन् । शक्ति–सञ्चार, नयाँ पुस्ताको नेतृत्व र राजनीतिक विकल्पको निर्माणलाई उनी दीर्घकालीन समाधान मान्छन् । यसको उदाहरण नेता पोखरेलकै जीवन अनुभवले दिन्छ । ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पोखरेलले संसदमा जनसरोकारका विषयलाई जोडदार ढंगले उठाएका थिए । मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला हिंसाको अन्त्य र राजनीतिक निकासको पक्षमा जनमत सिर्जना गर्न माओवादी हिंसाबाट अतिप्रभावित तत्कालिन राप्ती अञ्चलका पहाडी जिल्लाहरु रुकुम, रोल्पामा शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।

२०५९ माघमा जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा उनले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्ने प्रस्ताव लगे । संविधान सभामार्फत् राजनीतिक निकास खोज्नुपर्छ र गणतन्त्रतर्फ अग्रसर हुनुपर्छ भन्ने पोखरेलकोे दस्तावेजलाई पार्टीले अस्वीकार ग¥यो । यद्यपि उनले प्रयास छोडेनन् ।

२०६० सालमा संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र नामक पुस्तक लेखेर मुलुक संघीयतामा जानुपर्ने प्रष्ट दृष्टिकोण अघि सारेर पार्टीलाई राज्य पुनर्संरचनाको पक्षमा उभ्याउन भूमिका खेलेका पोखरेलको बैचारिक लाइनमा अन्ततः पार्टीले अघि बढ्ने निर्णय ग¥यो ।राजनीतिक आदर्शको अभावमा कुनै पनि प्रकारको रुपान्तरण र समृद्धि प्राप्त गर्न सम्भव छैन । यो विश्व इतिहासमा निकै पारदर्शी विषय हो । एउटा लहरले क्षणिक कोलाहल निर्माण गर्न सक्ला, विग्रह निम्त्याउन सक्ला, वर्षौ लागेर निर्माण भएका सभ्यता, भाष्य र नैतिकता गलत करार गर्न सकिएला, तर निर्माण, विकास र समृद्धिका लागि ठोस् योजना, मार्गदर्शन र कार्यक्रम नै चाहिन्छ ।

पोखरेलले भनेका छन्, ‘राजनीतिक आदर्श भनेको व्यक्तिगत करिश्मा र चमत्कारमा होइन, पार्टी–संगठनको सामूहिकता र अनुशासनमा केन्द्रित छ ।’ स्पष्ट छ, नेता पोखरेलले भनेजस्तो, निर्णय फोरममा हुन्छ, नेतृत्व विधानले चल्छ र पार्टी एकता नीतिमा आधारित हुन्छ ।