काठमाडौं । नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको शिलालेख नियतवश हटाइएकोप्रति घोर भर्त्सना गरेको छ ।
नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले ‘इतिहास नमेटाऊ’ प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सुरुङमार्गको शिलालेख हटाइनु आयोजनाको इतिहास मेटाउने प्रयास भएको बताएका हुन् ।
एमाले चन्द्रागिरिले विकास आयोजना अघि बढाउने व्यक्ति र संस्थाको योगदानप्रति सम्मान गर्नुपर्नेमा वर्तमान सरकार इतिहास मेटाउने दिशामा अघि बढेको उल्लेख गरेको छ ।
शिलान्यासका बेला राखिएको शिलालेख हटाइनु कुनै पनि बहानामा स्वीकार्य नहुने पनि पार्टीले जनाएको छ ।
राउतले एमाले नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको सुरुङमार्ग सम्पन्न भई राजधानी आवतजावत गर्ने यात्रुलाई सहजता पुगेको उल्लेख गर्दै आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षप्रति आभार समेत व्यक्त गरेका छन् ।








प्रतिक्रिया