१० श्रावण २०८३, आइतबार

क्यान्सर उपचारमा आर्थिक सहयोगका लागि झापाकी बिमलाको अपील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाको अर्जुनधारा–५ निवासी बिमला अधिकारी बस्नेतले क्यान्सर उपचारमा आर्थिक सहयोग गरिदिन अपील गरेकी छिन् ।

विगत अढाई वर्षदेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिम्बासयमा हुने क्यान्सरको उपचार गराइरहेकी ५० वर्षीया बस्नेतलाई पछिल्लो पटक कलेजोमा समेत क्यान्सरको संक्रमण देखिएको थियो ।

न्यून आर्थिक अवस्थाका कारण उपचार असहज बन्दै गएको भन्दै बस्नेतले आफ्नो जीवन बचाइदिन सबैसँग आग्रह गरेकी हुन् ।

उनले भनेकी छिन्, “डिम्बासयमा हुने क्यान्सरको उपचार गर्दै गर्दा कलेजोमा समेत क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन गाह्रो भयो । मेरो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोगका लागि आम नेपाली दाजुभाई तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।”

महालक्ष्मी विकास बैंकमा रहेकोे आफ्नो बैंक खाता नम्बर ०५७१२१००७२११८७०००००१ वा सोही खाताको क्यूआर कोडमा आर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेकी छन् ।

सहयोग गर्न चाहनेहरुले आफ्ना श्रीमान् रुद्र बस्नेतसँग ९८०१९२८८०१ मा सम्पर्क गर्नसक्ने पनि उनले बताएकी छिन् ।

२०८० फागुन १० गते क्यान्सर पत्ता लागेपछि विभिन्न चरणमा किमोथेरापी पूरा गरेकी बस्नेतको कलेजोमा पनि क्यान्सर संक्रमण देखिएपछि उपचार झनै जटिल बनेको उनले बताएकी छिन् ।