१२ श्रावण २०८३, मंगलबार

दीपिका शर्माले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२६’को ताज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाल्टिमोरकी दीपिका शर्माले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’को उपाधि जितेकी छन् ।

उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।

विगत वर्षभन्दा यस वर्षदेखि विजेता र तीन उपविजेता गरी ४ जनालाई विजेता घोषणा गरिएको थियो ।

गएराति भएको प्रतिस्पर्धामा शर्मा विजेता हुँदा उपविजेताहरुमा क्रमशः अनामिका श्रेष्ठ (मिसिगन), अनामिका खड्की (साउथ क्यारोलाइना) र रेश्मा निरौला (टेक्सस) रहेकी छन् ।

यस वर्ष पहिलोपटक प्रतियोगिता न्यूयोर्क बाहिर अमेरिकाको राजधानी डिसी क्षेत्रमा आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकहरुमा प्रियंका रानी जोशी, अधिवक्ता वन्दिता शर्मा दाहाल, चलचित्र निर्देशक दिनेश लिङ्गदेन, अधिवक्ता बासु फुलारा, मन्दिरा मैनाली, राजेन्द्र श्रेष्ठ, कलाकार नीति शाह लगायत रहेका थिए ।

ड्रिम्स युनिभर्सलले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले नेपालमा हुने नेपाल सुन्दरी २०२७ मा सिधैं भाग लिन पाउनेछन् ।