
काठमाडौं, २२ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भीर हुनुपर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री न्यौपानेले संघीयतालाई सुदृढ बनाउनको लागि तीन तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रुपमा के समस्याहरु छन् त्यसमा गम्भीर हुनुपर्ने बताइन् ।

मन्त्री न्यौपानेले भनिन्, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्ने छ । हाम्रो संघीयतालाई सुदृढ बनाउनुपर्ने छ त्यसको लागि तीन तहको बीचमा समन्वय गर्नुपर्ने छ । कर्मचारी समायोजन, व्यवस्थापनका कुराहरु छन् । यी सबै पाटोलाई राम्रो गरि अध्यन गर्नुपर्छ भन्ने महशुस मैले गरे । संघीयताको बारेमा आज जस्तो खालको टिप्पणीहरु भई रहेको छ, जे प्रश्नहरु उठिरहेको छ । यो के कारणले उठिरहेको छ, हाम्रो नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा अनुभूत लिनुपर्छ भन्ने लागेको छ ।’

यस्तै, उनले सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको भन्दै छलफलबाट एउटा संयन्त्र नै बनाएर अगाडि बढौँ भन्ने निर्णय भएर निर्देशन पनि दिएको बताइन् ।
मन्त्री न्यौपानेले भनिन्, ‘कर्मचारीतन्त्रमा सुशासनको विषयमा उठेका प्रश्नहरु थिए । जनतालाई सेवा दिने कुरामा पारदर्शि भएको छैन् । भन्ने खालका प्रश्नहरु उठेका छन् । सानो कामको लागि पनि भनसुन गर्नुपर्छ भन्ने खालको मनोविज्ञान छ त्यसलाई कसरी अन्त्य गर्ने र सुशासनको विषयमा उठिरहेका प्रश्नलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेका थियौँ र त्यो एउटा संयन्त्र नै बनाएर अगाडि बढौँ भनेर निर्णय निकालेर निर्देशन पनि दिएको छु ।’








प्रतिक्रिया