१९ कार्तिक २०८३, बिहिबार

देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखापर्‍यो : राजेन्द्र लिङ्देन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आइजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका हुन् ।

उहाले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको शिकार हुने जोखिम बढेको बताए ।

उनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले राप्रपाका कार्यकर्ताहरूले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे । उनले देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको बताए ।

उनले व्यक्तिगत र सत्ता स्वार्थबाट पार्टीलाई मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।