१९ असार २०८३, शुक्रबार

मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २३ जेठ । मधेश प्रदेश सरकारले आज प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेश नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।