
काठमाडौं, २३ साउन । नुवाकोटको सूर्य चौरमा दुर्घटनाग्रस्त भएको एयर डाइनेष्टिको हेलिकप्टरको उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको खुलेको छ ।
काठमाडौं विमानस्थलबाट दिउँसो १ः५४ मा रसुवाको स्याफ्रुबेशीका लागि उडेको थियो ।
‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुर्घटनामा चारजना चाइनीज् पर्यटकसहित पाँचजना सवार हुनुहुन्थ्यो । सवार सबै पाँचजनाकै मृत्यु भएको हो ।









प्रतिक्रिया