२७ असार २०८३, शनिबार

प्रतिनिधि सभा नियमावली विरुद्ध काँग्रेसद्वारा सर्वोच्चमा रिट दर्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको नयाँ नियमावलीविरूद्व नेपाली काँग्रेसले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन् ।

संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको धारा २७४(८)सँग बाझिएकोले खारेज गर्न काँग्रेसले दायर गरेको रिटमा उल्लेख छ । अदालतले आगामी ३१ गतेका लागि पेशी पनि तोकेको छ ।