३० असार २०८३, मंगलबार

सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास प्रकरण : घरमा झगडा गरेर निस्किएका थिए

हेलिकप्टरबाट काठमाडौं ल्याइयो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाही आत्मदाहको प्रयास गरेका ३५ युवकलाई काठमाडौं ल्याइएको छ ।

विवेक मण्डललाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

घरमा सामान्य विवादपछि उनले सडकमा निस्किएर पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए ।

विवेकको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।