
पोखरा, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु उद्घाटन र औपचारिक कार्यक्रममा व्यस्त हुँदा सरकारले गति लिन नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उद्घाटनको व्यस्तताले दैनिक प्रशासनिक काम प्रभावित भएको बताउनुभयो ।
सबै ठाउँमा मुख्यमन्त्री वा मन्त्रीहरु नै पुग्नुभन्दा कार्यक्रमको प्रकृति र आवश्यकता अनुसार सम्वन्धित जिल्ला वा क्षेत्रका प्रदेश सभाका सदस्यहरु तथा स्थानीय तहका जनप्रतिनिधिलाई परिचालन गर्न एमालेले सुझाव दिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले प्रतिपक्षी दलको सुझावको स्वागत गर्नुभयो । उहाँले सुशासन कायम गरी नागरिकको अनुभूतिमा सुधार ल्याउने प्रतिबद्धता जनाउनुभयो ।










प्रतिक्रिया