११ असार २०८३, बिहिबार

क्यासेट र पुरानो रेडियो बजाएको शैलीमा पार्टी चल्दैन : भानुभक्त ढकाल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, २३ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीका जनसंगठनले आ–आफ्ना एजेण्डा बोकेर हिँड्नु पर्ने बताउनुभएको छ ।

सङ्खुवासभामा आयोजित जनसंगठन निर्माण तथा परिचालन प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख ढकालले सबैले आ–आफ्ना एजेण्डा लिएर जनताको बीचमा जानु पर्ने बताउनुभयो ।

‘क्यासेट खोले जस्तो, पुरानो रेडियो खोलेजस्तो शैलीमा अब हामीले हाम्रो पार्टीलाई लैजानु हुँदैन, हामीले आफ्नो एजेण्डाको बारेमा बोल्नु पर्छ’, ढकालले भन्नुभयो ।

बन्द क्याम्पमा सञ्चालन गरिने पार्टीको प्रशिक्षणले नेतृत्व विकासको लागि सहयोग पुग्ने ढकालले बताउनुभयो । ढकालले वैचारिक र सैद्धान्तिक रूपमा स्पष्ट नहुँदासम्म संगठन निर्माणको काम गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले पार्टी कार्यकर्तालाई व्यवसायसँग जोड्न सके मात्र राजनीतिमा टिकाउन सकिने बताउनुभयो । त्यसो गर्नका लागि उद्योग खोलेर नयाँ व्यवसाय सिर्जना गर्नुपर्नेमा उहाँको जोड छ । ‘श्रम गर्ने ठाउँ, बजार निर्माण गर्नु पर्‍यो’, उहाँले भन्नुभयो ।

नेपालको व्यवसायको मुख्य आधार कृषि नै भएकोले कृषिलाई व्यवसायीकरण गर्न जरुरी रहेको गौतमले बताउनुभयो । कृषिलाई व्यवसायीकरण गरी नयाँ रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा गौतमको जोड थियो ।