२९ जेष्ठ २०८३, शुक्रबार

प्रेस चौतारीद्वारा ६ पत्रकार पुरस्कृत

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रेस चौतारी नेपालले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

२६औं स्थापना दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ६ जना पत्रकारलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीलाई र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार माधव नेपाललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ३५ हजार ३५ रुपैयाँ रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्टका रौतहट समाचारदाता फणिदेव महत, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर सम्वाददाता रुकुमपूर्व निवासी महेश केसी, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार जनता टाइम्सकी सम्पादक यशिमा महतलाई प्रदान गरिएको हो । यस्तै र सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष पौडेलसहित एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारहरुलाई सम्मानपत्र, माला र चेक हस्तान्तरण गर्नुभएको थियो ।