
काठमाडौं, २१ माघ । नेपाली सांसदहरूको टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोड्न प्रस्ताव गरेका छन् ।
भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाइ नेपालको पोखरासँग जोड्न प्रस्ताव गरेका हुन् ।
अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरि उप्रेतीले जानकारी दिनुभएको छ । ‘हामीले गोवालाइ पोखरासँग जोड्न प्रस्ताव गरेका छौं, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भन्नुभयो, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’
भारतको दक्षिणी भुभागमा रहेको गोवामा वार्षिक ५० लाख पर्यटक आउने गरेको र त्यसका केही हिस्सा मात्रै नेपालमा ल्याउन सकेको खण्डमा नेपालको पर्यटन उधोग अझ मौलाउन सक्ने सो टोलीको भनाइ छ ।
भारतीय संसदको अन्तराष्टिय समितिको निमन्त्रणामा भारत गएको नेपाली सांसदको टोलीले भारतीय विदेश मन्त्री एस जयशंकरसहित गोवाका मन्त्रीहरूसँग भेटवार्ता गरी नेपालको हितका बारेमा कुराकानी गरेको सभापति यादवले जानकारी दिनुभयो ।









प्रतिक्रिया