
काठमाडौं, २१ माघ । राप्रपा नेपालले सक्रिय सदस्यता वितरण अभियान आज देखि सुरु गर्ने भएको छ ।
‘आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले सक्रिय सदस्यता लिएपछि अभियान सुरु हुनेछ,’ पार्टीका महामन्त्री एवं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिनुभयो ।
आज पार्टी पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र जनवर्गीय संगठनका प्रमुखहरुले सक्रिय सदस्यता लिने पार्टीले जनाएको छ ।
सक्रिय सदस्यता सम्बन्धि अवधारणा तथा नीति केन्द्रीय समितिको बैठकबाट पास भएपछि यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिनुभयो ।
सक्रिय सदस्यताको म्याद एक वर्ष र पाँच वर्ष तोकिएको र सोही बमोजिम शुक्ल निर्धारण गरिएको पार्टीले जनाएको छ ।
एक वर्षे सक्रिय सदस्यताको शुल्क एक सय पचास र पाँच वर्षे सकृय सदस्यताको शुल्क पाँच सय तोकिएको छ । आज अभियानको शुभारम्भ भएपछि अब जिल्ला जिल्लामा पनि सक्रिय सदस्यता अभियान संचालन हुने जनाइएको छ ।








प्रतिक्रिया