२२ असार २०८३, सोमबार

एमाले संसदीय दलको बैठक आज पनि बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा (एमाले)को संसदीय दलको बैठक आज पनि बस्दैछ ।

सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखेको हो ।

शनिबारदेखि बसेको बैठकमा हिउँदे अधिवेशनमा कस्ता मुद्धाहरू उठाउने भन्ने विषयमा छलफल चलिरहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा सांसदहरूबीच छलफल भइरहेको छ ।