२८ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज आइतबार पनि बस्दैछ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । शनिबार बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे जानकारी गराएका थिए ।

यही साउन १७ गतेदेखि बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्न बैठक बसेको बताइएको छ ।