मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

जवानीमा होस नपुर्‍याउँदा सन्दीप लामिछानेको यो हालत (भिडियोसहित)

दैनिक नेपाल २०७९ असोज २० गते १६:०९

-सुमन दाहाल / दैनिक नेपाल

काठमाडौं, २० असोज । उमेर २२ वर्ष, जवानी चढ्दा होस् गुमाउँदा के हुन्छ ? या बलात्कारको आरोप लागेपछि के हुन्छ ? भन्ने प्रश्नको जवाफ कुनै पनि किमार्थ जेल पुगिन्छ भन्ने चर्चा आज फेरि चुलिएको छ अर्थात नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् ।

लामिछाने आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । आरोप लागेर लामो समय सम्पर्कविहीन बनेका लामिछाने आफै बिहीबार बिहान कतार एअरवेजको विमानमार्फत काठमाडौं फर्किएका हुन् ।

लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हतकडी लगाएर नियन्त्रणमा लिएको हो । लामिछानेले हतकडी लुकाउन रुमालको प्रयोग गरेका थिए भने मुख छोप्न माक्स लगाएका थिए । लामिछानेको स्वास्थ्य परीक्षण गरेर हाल प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यता, लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थतिमा आत्मसमर्पण गर्न लामिछानेले माग गरेपनि प्रहरीले अस्वीकार गरेको बताए । उनले लामिछानेसँग भेट गर्न खोज्दा प्रहरीले निवेदन दिपर्ने बताएको समेत बताए । उनले अदालत खुलेपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

क्रिकेटको कप्तानीसँगै इज्जत गुम्यो

बलात्कारको आरोप लागेसँगै लामिछानेको नेपाली क्रिकेट टिमको कप्तानी पद गुमिसकेको छ । कप्तानी भन्दा पनि ठूलो लामिछानेको क्रिकेट करिअरको इज्जतै गुमेको छ । लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले २९ मंसिर २०७८ मा नेपाली राष्ट्रिय टिमको कप्नानमा नियुक्त गरेको थियो । देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्रिकेट लिगहरु खेलिसकेर चर्चाको शिखरमा पुगिरहेका लामिछाने बलात्कारको गम्भीर आरोपले अहिले हिरासत पुगेका छन् ।

कालो दिनको सुरूवात

२२ वर्षीय लामिछानेविरुद्ध भदौको तेस्रो साता जबरजस्ती करणीको जाहेरी परेको थियो । लामिछानविरुद्ध एक १७ वर्षीया नाबालिकाले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले भदौको पहिलो साता जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

लामिछाने र पीडित बालिकाबीच पहिलो पटक सामाजिक सञ्जालमा स्न्यापच्याटबाट कुराकानी सुरु भएको थियो । उनीहरुबीच केहि दिन स्न्यापच्याटमै कुराकानी र एक रिसोर्टमा भेट गर्ने क्रममा लामिछानेले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणी गरेको उल्लेख छ ।

नेपाली राष्ट्रिय टिमको कप्तान बनिसकेका लामिछानेविरुद्द नाबालिका जबरजस्ती करणीको आरोप लागेसंगै विभिन्न टिकाटिप्पणी सुरु भइसकेको छ । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोप झुटो रहेको बताउँदै आएका छन् । लामिछानेले आफूविरूद्द लागेको आरोपको कानुनी लडाइँ त लड्लान तर सामाजिक रूपमा लागेको कालो दागका विरूद्ध जिन्दगीभर लडिरहनु पर्नेछ ।

यो पनिः

दशैंको बेला सन्दीप लामिछाने प्रहरी खोरमा, नेपाल फर्केर आज गरे आत्मसमर्पण

सन्दीपलाई विमानस्थलबाटै हतकडी लगाएर गौशाला लगियो

प्रतिक्रिया
सम्बन्धित