बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सन्दीपलाई विमानस्थलबाटै हतकडी लगाएर गौशाला लगियो

दैनिक नेपाल २०७९ असोज २० गते ११:२२

काठमाडौं, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको छ ।

कतार एअरवेजको विमानबाट बिहीबार बिहान ११ बजे काठमाडौं आएका लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रकाउ गरेको थियो ।

बलात्कारको आरोप लागेसँगै लामो समयदेखि सम्पर्कविहीन भएका लामिछाने काठमाडौं फकिएसंगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित