३ मंसिर २०८३, बिहिबार

तमिलनाडुका पूर्वमुख्यमन्त्री स्टालिनलाई पराजित गरेका वीएस बाबुको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको तमिलनाडुको सत्तारुढ दल तमिझागा वेत्री कझगम (टीएमके)का विधायक वीएस बाबुको आज निधन भएको छ ।

उनको चेन्नईस्थित एमजीएम हेल्थकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हृदयाघातका कारण दिउँसो करिब २ः२४ बजे उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

७५ वर्षीय बाबु लामो समयदेखि बिरामी थिए । श्वासप्रश्वाससम्बन्धी समस्याका कारण सेप्टेम्बर ९ मा उनलाई चेन्नईस्थित एमजीएम हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो ।

बाबुले यसै वर्ष भएको तमिलनाडु विधानसभा चुनावमा द्रविड मुन्नेत्र कझगम (डीएमके)का प्रमुख समेत रहेका तत्कालीन मुख्यमन्त्री एमके स्टालिनलाई पराजित गरेका थिए ।

कोलाथुर सिटलाई स्टालिनको गढ मानिन्थ्यो, किनकि उनले यसअघि यस सिटबाट तीन पटक चुनाव जितेका थिए ।

स्टालिनले सन् २०११, २०१६ र २०२१ को विधानसभा निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट जित हासिल गरेका थिए र सन् २०२६ को विधानसभा निर्वाचनमा पनि उनको जित लगभग निश्चित मानिएको थियो तर, टिभीकेका बाबुले स्टालिनलाई पराजित गरेर सबैलाई आश्चर्यचकित पारेका थिए ।