३ मंसिर २०८३, बिहिबार

राष्ट्रिय भेलाबाट अनुमोदन आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगले कार्यान्वयन गराउने एमालेको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाल)को केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगले कार्यान्वयन गराउने निर्णय गरेको छ ।

राष्ट्रिय भेलालगत्तै काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामहरुलाई केन्द्रीय कमिटीका सदस्यहरू मार्फत प्रभावकारी तथा सशक्त ढंगले कार्यान्वयन गराउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

बैठकले मंसिरको २६ गते आयोजना हुने वडा अधिवेशन र पुसको ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढंगले र सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया पूरा गरेर सम्पन्न गर्न निर्देशन दिइएको बस्नेतले बताए ।

वडा तथा पालिका तहको अधिवेशनमा पनि सर्वसम्मत नहुने भए लोकतान्त्रिक प्रक्रियामा जानुपर्ने अवस्था आए जानुपर्छ भन्ने मान्यतामा रहेको उनले बताए । साथै, उनले जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्नसक्ने भएकाले सोहीअनुसार मानसिक रूपमा सम्पूर्ण पङ्क्तिलाई तयार राख्न निर्देशन दिइएको जनाए ।

त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे आन्दोलनको तयारी गर्नेसहितको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गरेको थियो ।

यो पनि

लोकतन्त्र पुनर्बहालीका लागि आन्दोलन गर्ने घोषणा गर्दै सकियो एमालेको राष्ट्रिय भेला (पूर्णपाठसहित)

सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो : अध्यक्ष ओली

फागुन २१ को चुनावी धक्का अस्थायी हो, नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढौँ : वरिष्ठ नेता भण्डारी

आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ : उपाध्यक्ष थापा