बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

दशैंको बेला सन्दीप लामिछाने प्रहरी खोरमा, नेपाल फर्केर आज गरे आत्मसमर्पण

दैनिक नेपाल २०७९ असोज २० गते ११:०१

सन्दीप लामिछाने

काठमाडौं, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।

लामिछाने केहिबेर अघि अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । बलात्कारको आरोप लागेसँगै लामो समयदेखि सम्पर्कविहीन भएका लामिछाने आज काठमाडौं फकिएसंगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरिएका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर, नेपाल फर्किएका थिएनन् ।

केहिदिन अघि सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफु २० गते नेपाल फर्कने र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने जनाएका थिए ।

यो पनिः

सन्दीपले भनेः म अक्टोबर ६ मा नेपाल आइपुग्छु

सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौं आइपुग्ने

प्रतिक्रिया
सम्बन्धित