शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सन्दीपले भनेः म अक्टोबर ६ मा नेपाल आइपुग्छु

दैनिक नेपाल २०७९ असोज १५ गते ११:०२

सन्दीप लामिछाने

काठमाडौं, १५ असोज । बलात्कारको आरोप लागेपछि सम्पर्कविहीन भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफु यहि ६ अक्टोबर अर्थात २० असोजमा नेपाल आउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू २० गते नेपाल आइपुग्ने पुष्टि गरेका हुन् । उनले नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने जनाएका छन् ।

‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु ।’ लामिछानेले फेसबुकमा लेखेका छन् ।

लामिछानेले आफु निर्दोष रहेको र न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरीएका लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर लामिछाने हालसम्म पनि नेपाल फर्किएका छैनन् ।

लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिए पनि हालसम्म नियन्त्रणमा लिन सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित