५ कार्तिक २०८३, बिहिबार

‘लङ मार्च’मा चिनियाँ राष्ट्रपति सीको सम्बोधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ । चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९० औं वार्षिकोत्सव मनाउन बिहीबार बेइजिङमा एक समारोह आयोजना गरेको छ ।

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सी चिनफिङले उक्त अवसरमा महत्त्वपूर्ण सम्बोधन पनि गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै उनले इतिहासलाई सम्झेर मात्र भविष्यको सिर्जना गर्न सकिन्छ भन्ने कुरामा जोड दिए ।

‘सम्पूर्ण पार्टी, सम्पूर्ण सेना र सम्पूर्ण देशका विभिन्न जातीय जनताले पार्टीको केन्द्रीय समिति वरिपरि अझ नजिकै एकताबद्ध भएर महान् लङ मार्च भावना प्रकट गर्नु, लगातार प्रयास गरेर अघि बढ्नु, क्रान्तिकारी वरिष्ठहरूले सुरु गरेको महान कार्यलाई निरन्तर अगाडि बढाउनु, र नयाँ लङ मार्चमा नयाँ चमकको सिर्जना गर्नुपर्छ ।’ उनले भने ।

कार्यक्रममा सीपीसी केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ सुएसियाङ र ली सीका साथै चीनका उपराष्ट्रपति हान झेङ पनि उपस्थित थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा लाल सेनाले गरेको ‘लङ मार्च’को विजयको ९० औं वार्षिकोत्सव मनाउन चाइना मिडिया ग्रुपले बिहीबार बेइजिङ समयअनुसार राति ८ बजे विशेष सांस्कृतिक कार्यक्रम प्रसारणको जिम्मेवारी लिएको छ ।

‘लङ मार्चको महान् भावनालाई अघि बढाउँदै नयाँ युगको लङ मार्चमा अघि बढ्ने’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा लाल सेनाको लङ मार्चको कठिन र गौरवशाली यात्रालाई स्मरण गरिनेछ ।